विराटनगर, मंसिर २९ :
मोरङको धनपालथान गाउँपालिका- ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।
बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला सहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।
सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ ।