
साउन २५ :
पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’मा राहदानी बनाउने नेपालीको घुइँचो लागेको छ।
शिविरमा दैनिक करिब ४ हजारको हाराहारीमा नेपाली सेवाग्राही आउने गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले जनाएको छ । राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा सञ्चालन भैरहेको हो ।
राहदानी विभाग काठमाण्डौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत शुक्रबारबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार भन्दा बढीको विद्युतीय राहदानी (ई-पासपोर्ट) ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको टोलीले जनाएको छ ।
फोटोः गैरआवासीय नेपाली सङ्घ पोर्चुगल