तनहुँ, मंसिर २९ :

मुग्लिन- पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका- २ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुल सम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।