
फोटोः नेपाल पत्रकार महासङ्घ भक्तपुर मतदान केन्द्रमा मतगणना गरिँदै
नेपाल पत्रकार महासङ्घ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्व सहमतिमा निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै आठ जना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पार्षद् प्रतिनिधिमा मोतिलाल महतारा चयन हुनुभएको छ ।
पर्वतको अध्यक्षमा सापकोटा
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत हुनुभएको हो ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश बिक रहनुभएको छ ।
महासङ्घका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहनुभएको छ ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन हुनुभएको छ भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर बिक चयन हुनुभएको छ ।