काठमाण्डौँ , मंसिर ३० :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा पोखरा एभेन्जर्सकाठमाण्डौँ गुर्खाज प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाण्डौँका कप्तान करण केसी हुन्।

एनपीएल तालिकामा पोखरा र काठमाण्डौँको समान चार चार अङ्क छ। विराटनगरको समेत चार अङ्क भए पनि रनरेटका आधारमा अगाडि छ।

प्रतियोगितामा एक मात्र हार व्यहोरोको जनकपुर १० अङ्क सहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अङ्कसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अङ्कसहित तेस्रो स्थानमा छ भने ६ अङ्क जोडेको चितवन चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो चितवन र जनकपुर भिड्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।