सिरहा, पुस १ :

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका- १० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एक सय ३० किलो गाँजा फेला पारेको छ । 

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।