
काठमाण्डौँ , पुस १ :
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ ।
कार्यविधिको आधारमा शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिनुभयो ।
केही दिनअघि त्रिवि सिनेट बैठकमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिनुभएको थियो ।
त्रिविको कार्यकारी परिषद्ले तीन जना निर्देशक पनि नियुक्त गरेको छ ।