डडेल्धुरा, पुस १ :

नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०७४- ७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो ।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । 

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्ष मुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोष मार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।