
काठमाण्डौँ , पुस १ :
काठमाण्डौँ तारकेश्वरको मनमैजुमा आज योमरीको प्रतिमा राखिएको छ ।
नेवारी समुदायले योमरी पूर्णिमाका दिन योमरीको प्रतिमालाई पूजा गर्नेका लागि मिलाएर राखेका हुन्।
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।