
काठमाण्डौँ , पुस २ :
आज सातौँ राष्ट्रिय झन्डा दिवस मनाइएको छ ।
राष्ट्रिय झन्डा दिवसको अवसरमा आज काठमाण्डौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झन्डा बोकेर र्याली निकालिएको हो ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झन्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झन्डा दिवस मनाउने गरिएको छ।