काठमाण्डौँ , पुस २ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिनुभयो ।

सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाण्डौँबाट प्रक्राउ गरी उनलाई पोखरा लगिएको थियो ।