
काठमाडौँ, पुस ३ :
जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत फेला परेका छन् ।
जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्ट मार्फत् भारतीय नागरिकहरू मृत फेला परेको पुष्टि गरेको हो ।
दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको पनि जनाएको छ ।
एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो ।
उनीहरूको कार्बन मोनोअक्साइड ग्यासका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाको अनुसन्धान जारी रहेको दूतावासले उल्लेख गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।