शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

तनहुँमा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढ्यो

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
तनहुँमा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढ्यो
तनहुँ, साउन २५ :

तनहुँमा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण भएको छ । सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका छन् । त्यस्तै कार्यालयले एक वर्षको अवधिमा ८ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । 

यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार