पोखरा, पुस ३ :

प्रहरीले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरूलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।

कास्की प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर हिजो सोमबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तीमध्ये अझै ३७ जना फरार रहेको प्रहरीले जनाएको छ ।