काठमाण्डौँ , पुस ४ :

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

आज कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाण्डौँमा आज तापक्रम केही बढी छ ।  बिहान पौने ६ बजेको तापक्रम ५. १ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो यही समय काठमाण्डौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो । 

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।