
काठमाण्डौँ , पुस ४ :
चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।
आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो । कर्णालीले अब क्वालिफायर वान को पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।
किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।