
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको छ ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले आज उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालय मार्फत उपस्थित हुनु भनेको हो ।
आदेशमा भनिएको छ,“यसमा के कसो भएको हो ?निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ?आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित विपक्षी नं १ र २ हकमा २४ (चौबिस)घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसाथ उपस्थित हुन तथा अन्य विपक्षीहरुको हकमा समेत २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”
प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराउनुभएको थियो। सोही मुद्दाको सुनुवाइपछि उक्त आदेश भएको हो ।