काठमाण्डौँ , पुस ५ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायरका खेल हुँदैछ।

आज इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुँदैछ ।

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौकामा रहेको छ ।

पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि दोस्रो क्वालिफायर विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल आज दिउँसो १२ः ३० बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।