काठमाण्डौं, पुस ५ :

उत्तर कोरियाली सैनिक रुसी भूमिमा युद्धका लागि  प्रवेश गरे यता कम्तीमा १ सय जना  उत्तर कोरियाली सैनिकको मृत्यु भएको समाचार छ ।

देशको राष्ट्रिय गुप्तचर सेवाले संसदलाई ब्रिफिङ गर्दै अन्य एक हजार जना घाइते भएको जानकारी दिएको छ ।

हताहत हुनेमा उच्च पदस्थ अधिकारीहरू पनि रहेको  बताईएको छ ।  सेनाको भू–भाग र ड्रोन युद्धसँग उत्तर कोरियाली सैनिक परिचित नहुनु मृत्यु हुनुको कारण रहेको समाचार छ ।

उत्तर कोरियाको हताहतीको पहिलो रिपोर्ट यसै साताको सुरुमा आएको थियो । गत अक्टोबरमा उत्तर कोरियाले रुसको युद्ध प्रयासमा सघाउन १० हजार सैनिक पठाएको खुलासा भएको थियो ।