काठमाण्डौं, पुस ५ :

इजरायली हवाई आक्रमणमा परी कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले यमनको हुथी विद्रोही स्थलमाथि पनि आक्रमण गरेको हो ।  सानाका दुई शक्ति केन्द्र,होदेइदामा दुई बन्दरगाह र एक तेल प्रशोधन केन्द्रमा बम बारी गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको समाचार छ ।

इजरायली सेनाले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसालेको बताएपछि उक्त आक्रमण गरिएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले ७० दिनभन्दा बढी समयदेखि इजरायली घेराबन्दी र नाकाबन्दीको चपेटामा परेका बेइट हानुन,बेइट लहिया र जबलियाका भोकमरीमा परेका मानिसहरूलाई सहायता उपलब्ध गराउन गरेको अनुरोधलाई इजरायलले फेरि अस्वीकार गरेको छ।

गाजामा इजरायलले सन् २०२३ को अक्टोबर ७ देखि हालसम्म गरेको युद्धमा कम्तीमा ४५ हजार १२९ प्यालेस्टिनीको मृत्यु भएको छ भने एक लाख सात हजार ३३८ जना घाइते भएका छन् । 

त्यस दिन इजरायलमा हमासनेतृत्वको आक्रमणमा कम्तीमा एक हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो ।