आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार प्रदेश कोसी प्रदेश

अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

· शुक्रबार, ६ पुस, २०८१ मा प्रकाशित
अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना
झापा, पुस ६ :

अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेव सिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धता सहित समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
 
कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगरप्रमुख गोम्देनले बताउनुभयो । मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडा सहितको ११ जनाको टोली दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उहाँले बताउनुभयो । 

मेयर ताडा सहितको टोलीले अर्जुनधारमा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको छ ।
 
जापानको टोलीमा मेयर काजुहिको ताडासहित ‘डाइरेक्टर अफ इण्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इण्डष्ट्री प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस चेयरमेन अफ द स्टाण्डिङ कमिटी अन इन्डस्ट्री एण्ड कन्ट्रक्सन हिरोसी किकोची, स्टाण्डिङ कमिटी मेम्बर फर इण्डष्ट्री एण्ड कन्ट्रक्सन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुची लगायत सहभागी छन् ।

उनीहरूलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार