काठमाण्डौँ , पुस ७ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ। 

फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस खेल्दै छन्। सुदूरपश्चिम र जनकपुरको खेल आज शनिबार दिउँसो १२ः ३० बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो।

दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

एनपीएलमा सुदूरपश्चिम र जनकपुरले दुई खेल खेलेका छन्।