
काठमाण्डौं, पुस ७ :
नेपाल प्रिमियर लिग एनपिएलको उपाधी जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससमक्ष १८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको हो ।
सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरेका छन् ।
एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।