विश्व ध्यान दिवसको अवसरमा काठमाण्डौंको टुडिखेलमा ध्यान अभ्यास(फोटोसहित)
शनिबार, ७ पुस, २०८१ मा
प्रकाशित
काठमाण्डौं, पुस ७ :
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि मनाईएको छ ।
डिसेम्बर ६,२०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।