आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार खेलकुद क्रिकेट

एनपीएलको उपाधि जनकपुरलाई

· शनिबार, ७ पुस, २०८१ मा प्रकाशित
एनपीएलको उपाधि जनकपुरलाई
काठमाण्डौं, पुस ७ :

नेपाल प्रिमियर लिग एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । 

त्रिवि क्रिकेट मैदानमा भएको फाईनल खेलमा जनकपुरले जित निकाल्दै नेपालमा पहिलो पटक भएको एनपिएलको ऐतिहासिक उपाधि हात पारेको हो ।  

जारी खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्याएको थियो । टोलीका लागि लाहिरु मिलन्थाले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।

यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो ।

एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार