काठमाण्डौं, पुस ७ :

जर्मनीको म्याग्डेबर्ग शहरको क्रिसमस बजारमा एउटा कारले भीडलाई ठक्कर दिँदा एक बालकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । कम्तीमा २ सय जना घाईते भएका छन् ।

आक्रमण भएको स्थानबाट ५० वर्षीय एक व्यक्तिलाई पक्राउ गरी सोधपुछका लागि हिरासतमा लिईएको अधिकारीहरुले बताएका छन् । उनी साउदी अरेबियाका एक चिकित्सक रहेको बताईएको छ ।

उनी सन् २००६ देखि जर्मनीमा बस्दै आएका र म्याग्डेबर्गबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको बर्नबर्गमा चिकित्सा अभ्यास गरिरहेको अधिकारीहरूले बताएका छन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले घटनाको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।