चितवन, पुस ८ :

चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका- १ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । 

शनिबार इच्छाकामना- ३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । 

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो । 

वि. सं २०४८ कात्तिक ७ गते बेनिघाट- रोराङ गाउँपालिका- ६ धादिङमा जन्मिनुभएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका- १ मा विवाह गरेर आउनुभएको हो । 

उहाँ स्नातकोत्तर तह (एमएड) उत्रिर्ण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।