काठमाण्डौं, पुस ८ :

जर्मनीको म्याग्डेबर्ग शहरको क्रिसमस बजारमा चार महिला र नौ वर्षीय बालकको कार चलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

कालो रंगको बिएमडब्लु कारले भीडभाड हुने बजारमा २ सय भन्दा बढी मानिसलाई घाइते बनाएपछि ५० वर्षीय ती व्यक्तलाई शनिबार साँझ म्याग्डेबर्ग जिल्ला अदालतमा लगिएको समाचार छ ।

म्याग्डेबर्ग प्रहरीले अनुसन्धान जारी रहेको र अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई घटनाको फोटो वा भिडियो पठाउन अपिल गरिरहेको जनाएको छ।

सन् २००६ मा जर्मनी आएका ५० वर्षीय साउदी नागरिक तालेब अल अब्दुलमोहसेन रहेको बीबीसीले उल्लेख गरेको छ ।

मृत्यु हुनेमा ४५, ५२, ६७ र ७५ वर्षका चार महिलाको मृत्यु भएको म्याग्डेबर्ग प्रहरीले पुष्टि गरेको छ ।

न्यायाधीशले हत्याका पाँच वटा,हत्याको प्रयास गरेका र खतरनाक शारीरिक क्षतिका धेरै वटा अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ भनि बीबिसीले उल्लेख गरेको छ ।