शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव #नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव
समाचार कृषि

ढोरपाटन क्षेत्रमा सामूहिक रुपमा व्यावसायिक स्याउ खेती सुरु

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
ढोरपाटन क्षेत्रमा सामूहिक रुपमा व्यावसायिक स्याउ खेती सुरु
बागलुङ, साउन २६ :

बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउ खेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउ खेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवा ढोरपाटन उपत्यका क्षेत्रको जग्गामा लगाउन थालिएको हो। 

स्याउ खेतीको उच्च सम्भावना रहेकोले ढोरपाटन नगरपालिका-९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउ खेती गर्न थालेको किसान चिरनकुमार घर्तीले बताउनुभयो । 

चिरन र स्थानीय हुमलाल भुसालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर एक सय रोपनीमा स्याउ बगैँचा तयार गरेका छन् । इटालीबाट ल्याएका एक हजार तीन सय स्याउका बिरुवा गत असारमा लगाइएको थियो । पहिलो चरणमा लगाएका नौ सय बिरुवामा स्याउ फल्न थालिसकेको चिरनकुमार घर्तीले जानकारी दिनुभयो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार