महोत्तरी, पुस ८ :

महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ । 

लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका- ७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो । 

हृदयघातबाट उनको मृत्यु भएको चिकित्सकले जनाएको कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो ।