काठमाडौँ, पुस ८ :

रास्वपा सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको छ। 

लामिछाने विरुद्ध सहकारी ठगी र सम्पत्ती शुद्धिकरणकसम्बन्धि मुद्दा दर्ता भएसँगै सांसदबाट निलम्बनको पत्र कास्की प्रहरीले संसद सचिवालयलाई पठाएको हो सचिवालयले जनाएको छ। 

अब सो पत्र अनुसार लामिछानेलाई निलम्बन गर्ने प्रकृया अघि बढ्ने सचिवालयको भनाइ छ । 

लामिछानेलाई आज मात्र कास्की जिल्ला अदालतमा सम्पत्ती शुद्धिकरणसम्बन्धि मुद्दा दायर भएको हो ।