काठमाडौँ, साउन २६ :

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले आजदेखि आफ्नो कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

प्रधान सेनापति प्रभूराम शर्मा तीनवर्षे पदावधि सकेर आगामी भदौ २४ गतेबाट अनिवार्य अवकाशमा जानुहुने भएपछि हिजो बलाधिकृत रथी सिग्देललाई आफ्नो प्रधान सेनापतिको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।

बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि भने नेपाली सेनाको ४५औँ प्रधानसेनापतिको रुपमा काम गर्नुहुने छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोक्नुभएको थियो ।