
गोरखा, पुस ९ :
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्क रुपमा उपलब्ध गराएको छ ।
सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अन्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।
गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो ।
नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निः शुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।