
धनगढी , पुस ९ :
धनगढीको शहीद गेटमा आगलागी भएको छ । त्यहाँ रहेका चारवटा पसलमा हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
आइतबार साँझ शहीद गेटमा टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो अन्य पसलमा फैलिएर बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको छ।
प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।