
काठमाण्डौँ , पुस १० :
फूलचोकी जङ्गलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् ।
सोमबार ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
हराएका १३ जना नै सम्पर्कमा आइसकेको ललितपुर प्रहरीले जनाएको छ ।