काठमाण्डौँ , पुस १० :

सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज पनि जारी रहने भएको छ ।

कास्की जिल्ला अदालतमा हिजो सोमबार छविलाल जोशीको बयान भएकोमा आज रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ । 

सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकोमा जोशीको मात्र बयान लिइएको अदालतले जनाएको छ ।

अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्रै थुनछेकको बहस र आदेश हुने छ ।