
काठमाडौँ, साउन २६ :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका एक यात्रुले बताएका छन् ।
विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिएको ति यात्रुको भनाई छ ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर समाधान गरि प्रक्रिया पुर्याएर अहिले सुर्खेत उडानको तयारीमा रहेको जानकारी दिनुभयो ।