फोटो एएफपीः क्यानडाको ओन्टारियोमा रहेको आवासीय घर बाहिर क्रिसमसको रङ्गीन बत्ती र सजावट हेर्दै मानिसहरू
काठमाण्डौँ , पुस ११ :
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिस्टियन महासङ्घले जनाएको छ ।
उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा नेपाल सहित विभिन्न देशमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउँदै आएका छन् ।