काठमाण्डौँ , पुस ११ :

भारतीय चर्चित  गायक सोनु निगम काठमाण्डौँ आउनुभएको छ ।

क्रिसमसको अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उहाँ काठमाण्डौँ आउनुभएको हो ।

नेपाली गीत समेत गाइसक्नुभएका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिने आयोजक नेपाल टचले जनाएको छ ।

निगमको साङ्गीतिक समूहका सदस्यहरू आज बिहानै तयारीका लागि आइसकेका थिए ।