शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

तोलामा एकै दिन १५ सयले बढ्यो सुनको मूल्य

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, साउन २६ :

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार