
काठमाण्डौं, पुस १२ :
पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइएको छ । उनीसहित अन्य ७ जनालाई पनि बयानका लागि अदालतमा उपस्थित गराईएको छ ।
रवि सहित उनीहरुलाई आइतबार थप मुद्दा दर्ता भएपछि सोमबारदेखि बयान सुरू गरिएको छ ।
गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी,लिला पछाईं,पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ,आरती गुरूङ,नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल,पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आरती गुरुङ र मीना गुरुङलाई मंगलबार मात्रै हिरासतमा लिईएको हो ।