काठमाडौँ, पुस १२ :

संसदमा रोकिएका विधेयकहरुलाई छिटो छरितो अघि बढाउन सत्तारुढ दलहरु नेपाली काँग्रेस र एमालेले संयन्त्रमार्फत काम गर्न शुरु गरेका छन । 

यसका लागि नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका योगेश भट्टराईसहितको कार्यदल वा संयन्त्र बनेको थियो । 

सो संयन्त्रको अनौपचारिक बैठक आज वस्दैछ ।

 आज सो संयन्त्रले नेपाली काँग्रेस र एमालेका प्रमुख सचेतक तथा सचेतकहरुसँग  छलफल गर्न लागेको काँग्रेस सहमहामन्त्री परियारले जानकारी दिनुभयो । 

संसदमा विचाराधीन विधेयकलाई छिटो अघि बढाउन र नयाँ विधेयक ल्याउन सरकारलाई घच्घच्याउने काम समितिले गर्ने परियारले बताउनुभयो ।  

अहिले संसदको अर्थ समितिमा ५, राज्य व्यवस्था समितिमा ४ र कानून समितिमा १ लगायत जम्मा १५ वटा विधेयकहरु संसदमा विचाराधीन छन ।