आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

झापाको हल्दिबारीमा ३३ किलोमिटर मुख्य सडक कालोपत्र

· शुक्रबार, १३ पुस, २०८१ मा प्रकाशित
झापाको हल्दिबारीमा ३३ किलोमिटर मुख्य सडक कालोपत्र
झापा, पुस १३ :

झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ।

स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले मुख्य सडक कालोपत्र गरेको हो ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताउनुभयो।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ । काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियान अन्तर्गत एक सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।

यसैबीच, बहुवर्षे योजना अन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ। दुवै खोलामा पुल निर्माणका लागि पाँच करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरे पनि चार करोड ६७ लाखमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार