सर्लाही, पुस १३ :

सर्लाहीको बागमती नगरपालिका- ५, बगरस्थित खेतमा किसानले खनेको तरुल बजार लैजान व्यापारी खेतमै गाडी लिएर पुग्ने गरेका छन् ।

बागमती किनारको बगरमा सर्लाहीका किसानले तरुल खेती गरेका छन्। मङ्सिरदेखि माघसम्म  कन्दमूल खन्ने उपयुक्त समय मानिन्छ । 

उसिनेर, पोलेर र तरकारीको रुपमा खाइने तरुल विशेष गरेर पुस मसान्तको दिन उसिनेर माघेसङ्क्रान्तिका दिन खाने परम्परा रहेको छ । 

सङ्कलन गरेर तरुल व्यापारीले माघेसङ्क्रान्तिका लागि काठमाण्डौँ, हेटौँडा, नारायणगढ, चितवन, बुटवल, विराटनगर लगायत शहरमा पुर्‍याउने गर्छन।