
काठमाण्डौँ , पुस १३ :
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण बिरामी पर्नुभएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरि उपचार भइरहेको छ ।
बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका वैद्यलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको थियो ।