आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते #हँसिया#अजयबाबु शिवाकोटी#साइबर ब्युरो#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते
समाचार

नुवाकोटस्थित शीतकालीन दरबारको झण्डै एक १६८ रोपनी जग्गा दुरुपयोग भएको निष्कर्ष

· शनिबार, १४ पुस, २०८१ मा प्रकाशित
पुस १४ :

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । 

सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिनुभयो । 

उहाँले उक्त जग्गाका विषयमा अख्तियारलाई समेत जानकारी सहितको पत्र पठाइएको बताउनुभयो ।  सिआइबीले चार महिनाभन्दा बढी लगाएर उक्त जग्गाको अनुसन्धान गरेको जनाएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सिआइबीले जनाएको छ । 

पछिल्लो समयमा उक्त जग्गा व्यक्तिले लिएको विषयमा समाचार बाहिर आएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार