शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
समाचार राजनीति

टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न पत्राचार

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न पत्राचार
काठमाण्डौं, साउन २६ :

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी विधेयक आगामी संसद्को  बैठकमा पेस गर्न आग्रह सहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।

सो समितिको बिहीबार बसेको बैठकबाट टीआरसी विधेयक माथि दफावार छलफल भई पारित भएसँगै समितिका सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गर्नुभएको हो । 

समितिमा विचाराधीन रहेको विधेयक शीर्ष तहका नेताहरु बीचमा सहमति भएपछि  समितिको बिहीबारको बैठकबाट पास भएको हो ।

२०८० साल वैशाख १५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । 

प्रतिनिधि सभाको आगामी बैठक यही साउन २९ गते मंगलबार बस्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार