
फोटोः नगरप्रमुख हमालको फेसबुकबाट
धनगढी , पुस १५ :
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।