काठमाडौँ, पुस १५ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ । 

अख्तियारले आज विशेष अदालतमा बस्नेत विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अभियोग पत्रमा अख्तियारले बस्नेतमाथि पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट ९ करोड २२ लाख ४६ हजार घुस लिएको आरोप पत्रमा उल्लेख गरेको छ ।