तुलसीपुर, पुस १६ :

सडक दुर्घटना न्यूनीकरण गर्न पूर्व- पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ- नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । 

आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । 

जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढेपछि प्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्ने समेत निर्णय भएको छ ।